सुर्खेत । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने भएको छ ।
उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए । यसको औपचारिक निर्णय हुन भने बाँकी रहेको एमालेले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाही गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने भएपछि २७ कात्तिकमा एमालेमा प्रवेश गरेका थिए ।
शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि पुनः अध्यक्षका उम्मेदवार बनेका उनी कांग्रेसका लक्ष्मण गुरुङसँग पराजित भएका थिए ।
गाउँपालिका अध्यक्ष गुरुङको २७ माघ २०७९ मा निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
प्रतिक्रिया