काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा परेको नेपाली टिमलाई बधाई दिएका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कार्यबाहक राष्ट्रपतिसमेत रहेका उपराष्ट्रपति यादवले बधाई तथा शुभकामना दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘युनाइटेड अरब इमिरेट्स (यूएई) मा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई हराउँदै महिला क्रिकेट टोलीले ऐतिहासिक विजय हासिल गरी विश्वकप–२०२५ मा छनोट भएकोमा म खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’
उनले खेलकोक्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, दृढ संकल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ण्ट प्रदर्शनको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया