ट्रम्पले गरे म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत

ट्रम्पले गरे म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत



काठमाडौं । अमेरिकी राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पले म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत गरेका छन् ।

फ्लोरिडा कंग्रेसका सदस्य रहेका गेजलाई ट्रम्पले बुधबार महान्यायाधीवक्ता मनोनीत गरेका हुन् । महान्यायाधीवक्ता मनोनीत भएसँगै उनले हाउस अफ रिप्रिजेन्टेटिभबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ ।

सभामुख माइक जोनसनले पनि गेट्जको राजीनामा पत्र प्राप्त भएको बिबिसीसँग बताएका छन् ।

त्यसपछि आफूले फ्लोरिडाका गभर्नरलाई जानकारी गराएको उनले बताएका छन् । आगामी जनवरीमा रिक्त रहेको सिटमा पदपूर्ति हुने विश्वास पनि व्यक्त गरेका छन् ।

अमेरिकामा पनि महान्यायाधीवक्ता बन्नका लागि सांसदबाट राजीनामा दिनुपर्छ ।