अर्जेन्टिना विश्वकप छनौटमा पराग्वेसँग पराजित

अर्जेन्टिना विश्वकप छनौटमा पराग्वेसँग पराजित


ग्लोब नेपाल
135
Shares

लन्डन । अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गतको खेलमा पराग्वेसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा पराग्वेले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा एन्टोनियो सानाबरिया र ओमार अलडेरेटेले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल लाउतारो मार्टिनेजले गरेका थिए ।

यो विश्वकप छनौटमा अर्जेन्टिनाको तेस्रो हार हो । यो हारपछि अर्जेन्टिनाको ११ खेलमा २२ अंक रहेको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराग्वेको यो जितपछि ११ खेलमा १६ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

बराबरीमा रोकियो ब्राजिल

दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गत ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४३औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले अग्रता हासिल गरेपनि खेलको ४६औ मिनेटमा टेलास्को सेगोभियाको गोलमा भेनेजुएलाले बराबरी गोल गरेका थिए ।

यस खेलमा खेलको ८९औँ मिनेटमा अलेक्जण्डर गोन्जालेजले रातो कार्ड पाएका थिए । यो बराबरीपछि ब्राजिलको ११ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै भेनेजुएलाको ११ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ ।