काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको भने वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र ४ को वडाध्यक्षमाराजेन्द्र मानन्धरले मनोनयन दिए ।
र्यालीसहित पुगेका उनीहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गर्न पुगेका उनीहरुको साथ महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।
मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ । आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहका ४२ पदका लागि मतदान हुँदैछ ।
प्रतिक्रिया