काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो ।
स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बागमती प्रदेशको उपनिर्वाचनमा जित हुने माओवादी केन्द्रको जिकिर छ ।
बैठकले पालिका सम्मेलन र पार्टीको खबरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ ।
प्रतिक्रिया