क्यानको स्टार स्पोर्ट्ससँगको सम्झौता ‘अवैधानिक’

क्यानको स्टार स्पोर्ट्ससँगको सम्झौता ‘अवैधानिक’


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको आरोप लागेको छ ।

मंगलबार नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै क्यानले एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट गर्ने सम्झौता अवैधानिक भएको भन्दै सच्याउन चेतावनी दिएका छन् ।

तीन संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रिय खेलहरु अन्तराष्ट्रियकरण समेत होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । तर यसपल्टको नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केहि कानुनी र केही नैतिक तथ्यहरुमा निम्न अवैधानिक र गैर कानुनी अनि गैर व्यवसाहिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको छ, जसलाई उजागर गरेर ति अबैधानिक र अनैतिक हुने गल्ति र गैर कानुनी क्रियाकलापहरु तत्काल सच्चाउन र त्यस्ता कानुन बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध समेत गर्दछौं ।’

उनीहरुले नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप लगाएका छन् । 

तीन संस्थाले नेपाली टेलिभिजन, विज्ञापन एजेन्सी र उत्पादन संस्थाको अवमुल्यन गर्दै क्यानले विदेसी एजेन्सी र टेलिभिजनलाई एनपीएलका खेल प्रसारण गर्ने सम्झौता गरेको भन्दै क्यानले सम्झौता गर्दा भएका गल्तिहरु तत्काल सच्याउन र त्यसो नगरेमा कानुनी बाटो अपनाउने चेतावनी समेत दिएका छन् ।