तनहुँ । तनहुँको भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढी पहिरोबाट विस्थापित भएका छन् । भीमादका मेयर दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका धेरै दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।
विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेकाले अब उनीहरूसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने उनको भनाइ छ । भीमादका ३० घरका एक सय ५० जना विस्थापित भएका हुन् । उनीहरूलाई सुरक्षित ठाउँमा स्थानन्तरण गर्ने प्रयास भइरहेको छ । यस्तै बाढी पहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ ।
नगरपालिकाले खानेपानी आयोजनाको मर्मत–सम्भारका लागि विनियोजन गरेको ५० लाख रुपैयाँ अपुग भएकाले विकास–निर्माणका निम्ति छुट्याइएको रकम प्रयोग गर्नुपरेको मेयर सुवेदीले बताए । धेरै आयोजनाको मर्मत–सम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए ।
प्रतिक्रिया