हेटौंडा–१२ मा १२ जनाको उम्मेदवारी कायम

हेटौंडा–१२ मा १२ जनाको उम्मेदवारी कायम



हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को अध्यक्ष पदका उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी कायम भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दल तर्फबाट ९ र स्वतन्त्रबाट ३ जनाको उम्मेदवारी कायम भएको हो ।

वडा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । दल तर्फबाट ९ र स्वतन्त्रबाट परेको ५ जनाको उम्मेदवारीमध्ये २ जनाले मनोनयन फिर्ता गरेका हुन् । स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका कुमार पोखरेल र युनिश लामा सिन्तानले मनोनयन फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मंसिर १६ मा हुने उपनिर्वाचनका लागि एमालेले राजेश नगरकोटी, कांग्रेसका तर्फबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रले रवि कुमार प्रधानलाई रास्वपाबाट आशा वीर बल, राप्रपाबाट प्रेम बहादुर भोलन, जसपाबाट छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेमकिपाबाट फुलमाया तितुङ र नेकपा एकीकृत समाजवादीबाट बलराम बलको उम्मेदवारी कायम रहेको छ भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार, छत्र प्रकाश अधिकारी उम्मेदवारी कायम रहेको छ ।