कीर्तिपुरमा माओवादी उम्मेदवार महर्जनलाई मत दिन माधवको आह्वान

कीर्तिपुरमा माओवादी उम्मेदवार महर्जनलाई मत दिन माधवको आह्वान



काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्क्रिय बनाइएकाे छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका उम्मेदवार रिजालको उम्मेदवारी निष्क्रिय भएकाे भन्दै मेयर पदमा माओवादी केन्द्रका प्रा‍डा शिवशरण महर्जनलाई विजय गराउन आह्नवान गरेका छन् ।

वडानम्बर ४ मा भने एकीकृत समाजवादीकै उम्मेदवार रिता खड्कालाई विजय गराउन आह्नवान गरेका छन् ।

एकीकृत समाजवादीले माओवादीका महर्जनलाई सघाउने यसअघि नै निर्णय गरेको थियो । तर उम्मेदवारी फिर्ता नलिएर निष्क्रिय गराएको छ ।