उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा

उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा



काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बिहान बसेको परिषद्को बैठकले १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर सरुवा गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अदालतका ११ जना न्यायाधीशहरुको पनि सरुवा गरेको छ ।