भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा मानार्थ महारथी दर्जा प्रदान

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा मानार्थ महारथी दर्जा प्रदान



काठमाडौं । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।

बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।

नेपालका सेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाध्यक्ष नेपालका मानार्थ महारथी रहने चलन छ ।

भारतीय सेनाध्यक्ष द्विवेदी चार दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका थिए ।