शेयर बजार ३१ अंकले घटेर २७ सय विन्दुभन्दा तल

शेयर बजार ३१ अंकले घटेर २७ सय विन्दुभन्दा तल



काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेको छ । सबै समूहकाे शेयर घटेकाे दिन विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अंकले ओरालो लागेको दिन सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम भने बढेको छ । हिजो सात अर्ब नौ करोडको कारोबार भएकोमा आज तीन सय १४ वटा कम्पनीका एक करोड ८४ लाख कित्ता शेयर आठ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।