रौतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको बताएका छन् ।
रौतहटको ईशनाथ नगरपालिका–७ मा बिहीबार उपचुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी बनाउन सबैलाई आग्रह गर्दै महामन्त्री शर्माले यस क्षेत्रको समुचित विकास तथा समस्यालाई समाधान गरी जनतालाई प्रत्यक्ष फाइदा हुने कार्य गर्नमा प्रतिबद्ध रहेको बताए ।
महामन्त्री शर्माले रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिक लगायत सम्पूर्ण कांग्रेसका उम्मेदवारलाई मतदान गरी निर्वाचित गराउन सबैसँग आग्रह गरे ।
प्रतिक्रिया