पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
भीमलाल बेलबासेकाे इजलासले सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारैजनालाई जिल्ला अदालत कास्कीले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि थप १५ दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति मिलेको हाे ।
पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया