काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरलगत्तै अधिकारी रिहा भएका हुन् ।
मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको हाे ।
अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।
प्रतिक्रिया