काठमाडौं । संविधानअनुसार बन्न बाँकी रहेका कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्र्तगत सो उपसमिति गठन भएको हो । मंगलबार सिंहदरबारमा बसेको बैठकले सांसद डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उप समिति गठन गरेको हो ।
सो उपसमितिलाई संविधानअनुसार बन्न बाँकी कानुनहरूको संसदमा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्देशन दिईएकोृ छ ।
समितिको सदस्यमा एमालेबाट गोपाल भट्टराई, कांग्रेसबाट विष्णुदेवि पुडासैनी,माओवादी केन्द्रबाट गंगाकुमारी वेल्वासे र जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह यादव सदस्य रहेका छन । सो समितिको म्याद एक महिना अर्थात पुस ११ गतेसम्म तोकिएको छ ।
प्रतिक्रिया