विप्लव र प्रकाण्डले भेटे प्रधानमन्त्री ओलीलाई

विप्लव र प्रकाण्डले भेटे प्रधानमन्त्री ओलीलाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लव नेतृत्वको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेट गरेका छन् ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा उठाइने विभिन्न विषयवस्तु र गरिने समझदारी, देशमा बढ्दै गइरहेका विभिन्न समस्याको विषयमा साझा धारणा बनाउन र यसअघि सरकार तथा नेकपा माओवादीसँग भएका समझदारी कार्यान्वयन भेटघाटको मुख्य विषय रहेको प्रवक्ता प्रकाण्डले बताए ।

देश र जनहितको विषयमा चीनसँग सहमति गर्न सुझाव दिँदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन प्रधानमन्त्रीलाई विप्लवको आग्रह थियो ।