नेप्से सामान्य घट्याे, साढे ८ अर्बकाे शेयर काराेबार

नेप्से सामान्य घट्याे, साढे ८ अर्बकाे शेयर काराेबार



काठमाडौं । हिजो उच्च अंकले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३० अंकले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता शेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।