खोटाङ । खानेपानीको चरम अभाव रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ मा रहेको च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ ।
विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ ।
वर्षाको पानीलाई ३० हजार लिटरका तीन वटा ट्याङ्कीमा जम्मा गरिएको छ । नगरपालिकाको ११ वटा वडामा वर्षाैंदेखि खानेपानीको समस्या छ । स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।
प्रतिक्रिया