रवि लामिछानेको आजको बयान सकियो

रवि लामिछानेको आजको बयान सकियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ ।

आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन् ।

हिजो काठमाडौं ल्याईएका उनको आजबाट बयान सुरू भएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको जनाईएको छ ।

आइतबार बयानलाई निरन्तरता दिइने सरकारी वकिलको कार्यांलय भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।