काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ ।
प्रयोजनसम्बन्धी सम्झौता पत्रमा आइतबार लुम्बिनीका मालिक इश्वर जिसी र एनसेलका एमडी जबर कायुमोभले हस्ताक्षर गरे । सम्झौता रकम भने खुलाईएको छैन ।
सम्झौता कार्यक्रममा अभिनेता तथा लुम्बिनीका ब्रान्ड एम्बासडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, मुख्य प्रशिक्षक नन्दन फडनिस, टोलीका खेलाडीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लुम्बिनीको जर्सी पनि सार्वजनिक गरिएको छ ।
एनसेल एनपिएलको सहप्रायोजक पनि हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजानमा शनिबार देखि सुरु भएको एनपिएलमा लुम्बिनीसँगै आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया