सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि भएको मतदानमा १ हजार १४६ अर्थात् ७९ प्रतिशत मत खसेको छ ।
यहाँ कुल मतदाता संख्या १ हजार ४३४ रहेको थियो । मतदानमा ६०६ महिला र ५४० जना पुरुष सहभागी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यहाँ वडाध्यक्ष पदका लागि माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री उम्मेदवार छन् । यहाँ स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।
माओवादी–कांग्रेसबिच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन कार्यालयका अनुसार आज रातिदेखिनै मतगणना सुरु हुने छ ।
प्रतिक्रिया