काठमाडौं । निर्वाचन आयोगले मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ हुने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ ।
उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको उनको भनाइ छ ।
एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ ।
प्रतिक्रिया