काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीले अग्रता लिइरहेको छ ।
यहाँ उपनिर्वाचनमा एमालेका उम्मेदवार कांग्रेसको चुनाव चिह्न लिएर उठेकी छन् ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरण अनुसार माओवादी केन्द्रकी नरपुरा बुढा ८ सयभन्दा बढी मतान्तरले अग्रता लिइरहेकी छन् ।
उनले १ हजार ८७८ मत ल्याउँदा गठबन्धनकी केशकुमारी तुलाचनले १०५८ मत ल्याएकी छन् ।
पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीकै जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।
२०७९ मा माओवादी केन्द्रले उपाध्यक्ष जितेको पुथा उत्तरगंगामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो ।
प्रतिक्रिया