काठमाडौं । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्षको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दोब्बर मतले अगाडि छन् ।
आइतबार दिउँसोसम्म माओवादीकी नरपुरा बुढाले २६२५ मत पाउँदा नेपाली कांग्रेसकी केशकुमारी तुलाचनले १२७९ मत पाएकी छन् ।
उनीहरूबीच १३४६ मतान्तर छ । तुलाचन नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव हुन् । उनले नेपाली कांग्रेसको चुनाव चिन्ह रूखबाट निर्वाचन लडेकी हुन् ।
मनोनयन दर्ता गराएपनि नेकपा (एमाले) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएका मध्ये अधिकांसले माओवादीकी उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
पुथा उत्तरगंगा गाउँपालिका माओवादीको पकेट क्षेत्र मानिन्छ ।
प्रतिक्रिया