गठबन्धनलाई हराउँदै पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित

गठबन्धनलाई हराउँदै पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित



रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार बुढाले तीन हजार ६२७ मत प्राप्त गरी निर्वाचित भएको जानकारी दिएकाे छ । यसैगरी, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशकुमारी तुलाचनले दुई हजार १२८ मत प्राप्त गरेकी छन् ।

तुलाचन नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव हुन् । उनले नेपाली कांग्रेसको चुनाव चिन्ह रूखबाट निर्वाचन लडेकी हुन् ।

मनोनयन दर्ता गराएपनि नेकपा (एमाले) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

उम्मेदवारी फिर्ता लिएका मध्ये अधिकांसले माओवादीकी उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

पुथा उत्तरगंगा गाउँपालिका माओवादीको पकेट क्षेत्र मानिन्छ ।