काठमाडौं । एनपीएलअन्तर्गत आज मंगलबार पनि दुई खेल हुँदैछ । पहिलो खेल विराटनगरले सुदुरपश्चिमको कामना गर्नेछ भने दोस्रो खेल चितवन र पोखराबीच हुनेछ । त्रिविवि क्रिकेट मैदानमा हुने सो खेल बिहान ९:१५ बजेवाट सुरू हुने र दोस्रो खेल १:१५ मा हुनेछ ।
पहिलो खेलमा बिराटनगरबाट सन्दिप लामिछाने र सुदुरपश्चिमवाट दिपेन्द्रसिंह ऐरी नेतृत्व गर्नेछन् ।
विराटनगर किंग्स
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।
दोस्रो खेलमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । चितवन राइनोजबाट कुशल मल्ल र पोखरा एभेन्जर्सबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् ।
चितवन राइनोज
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।
प्रतिक्रिया