काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे रहेका छन् ।
मनोनीत सदस्यहरु
गणेश चन्द, सल्यान
मधुसुदन पाण्डेय, काठमाडौं
हेमलाल पुन, गुल्मी
धर्मराज न्यौपाने, अछाम
सिर्जना सिंह श्रेष्ठ, काठमाडौं
रेखा प्रसाईं, सुनसरी
जुमराती नदाफ, धनुषा
लक्ष्मी परियार, तनहुँ
रेणु चौधरी, कैलाली
अनिता अर्याल, चितवन
प्रतिक्रिया