नेपाल र चीनबीच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर



काठमाडौं । नेपाल सरकार र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो । 

गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।

चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो ।

फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ ।

सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।