जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित



काठमाडौं । जिमी नीशमको अलराउण्ड प्रदर्शन मद्तमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ ।

जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो ।

पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए ।

ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे ।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो । ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके ।

अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे । अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे ।

कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन् । उनी ६ रनमा स्टमपिन भए । दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे ।

मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो । रेमन्ड राइफरले २० बलमा १७ रन जोडे ।

स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे ।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए । जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए ।