झापामा खाद्य कम्पनीले ५० हजार क्विन्टल धान खरिद गर्ने

झापामा खाद्य कम्पनीले ५० हजार क्विन्टल धान खरिद गर्ने



झापा । झापाको विर्तामोडमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धानको समर्थन मूल्य तोकेको छ ।

कम्पनीले सोनामन्सुली र रञ्जितमन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार पँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको छ । कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्ने भन्दै कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाले धान खरिद गर्न लागेको जानकारी दिएका छन् ।

उनका अनुसार खाद्यले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।

झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।