गोरखामा बाबुरामकाे पार्टी सहित ६ दलको जमानत जफत

गोरखामा बाबुरामकाे पार्टी सहित ६ दलको जमानत जफत



गोरखा । गोरखा नगरपालिका–५ मा आइतबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहित डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टी सहित ६ दलको जमानत जफत भएको छ ।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका ६ दलको जमानत जफत भएको हो ।

भर्खरै मात्र उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेसपा (नयाँशक्ति पाटी), मंगाेल नेशनल अर्गाइनेजशन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक पार्टी र राप्रपा नेपालको जमानत जफत भएको हो ।