कानेपोखरीको होटलमा एकजना मृत फेला

कानेपोखरीको होटलमा एकजना मृत फेला



उर्लाबारी । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।

अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार डिल्लीशेर राईले सञ्चालन गरेको बान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेका व्यक्ति मृत फेला परेका हुन् ।

सुतेकै ठाउँमा शुक्रबार बिहान साढे ५ बजेतिर मृत फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको दाहालले बताए ।