लुम्बिनीको खराब प्रदर्शन जारी, तेस्रो खेलमा पनि पराजित

लुम्बिनीको खराब प्रदर्शन जारी, तेस्रो खेलमा पनि पराजित


ग्लोब नेपाल
189
Shares

काठमाडौं । लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ । शनिवारको पहिलो खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो ।

खराब लय जारी राखेको लुम्बिनी लगातार तीन खेल हार्ने पहिलो टोली बनेको छ । लुम्बिनीलाई हराएको सुदूरपश्चिम भने लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो ।

सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो । लुम्बिनीका लागि विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।