काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले कोषाध्यक्षमा मनोनित उमेश श्रेष्ठको नियुक्तिलाई अनुमोदन गरेको छ । रिक्त रहेको कोषाध्यक्ष पदमा सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई मनोनीत गरेका थिए ।
भ्रातृ संगठन तरुण दल र किसान संगठनको महाधिवेशन गर्ने काम अघि बढाएको छ । ती संस्थाको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
प्रतिक्रिया