काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिनेलाई स्वतः नागरिकता दिने व्यवस्था हटाउने घोषणा गरेका छन् ।
राष्ट्रपति निर्वाचित भएपछि पहिलो टेलिभिजन अन्तर्वार्ता दिने क्रममा उनले एनबीसी न्युज च्यालनसँग यस्तो भनेका हुन् । उनले आप्रवासीलाई फिर्ता गर्ने विषयमा डेमोक्र्याट्ससँग मिलेर काम गर्नेसमेत बताएका छन् ।
क्यापिटल हिलमा भएको आक्रमणमा संलग्नलाई माफी दिनेसमेत बताएका छन् । अघिल्लोपटक ट्रम्प राष्ट्रपति चुनावमा पराजित भएपछि उनका समर्थकले क्याटिल हिलमा आक्रमण गरेका थिए ।
उनीहरूमाथि बाइडेन प्रशासनले मुद्दा चलाए पनि ट्रम्पले भने आफूले पद सम्हालेपछि पहिलो निर्णयमै उनीहरूलाई माफी दिने बताएका छन् ।
प्रतिक्रिया