पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण

पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण



वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ । लामिछानेको जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गरिएको हो ।

लामिछानेको ब्लड प्रेसर १६०/११० रहेको बताइएको छ । उनको नारायणी अस्पतालबाट आएको टोलीले परीक्षण गरेको प्रहरीले जानकारी दिएको छ ।

कास्की प्रहरीको हिरासतबाट प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सा लगिएका रविको बयान आज राति र भोलि बिहान लिने तयारी गरिएको छ ।

लिखित र मौखिक बयान गराएर भोलि दिउँसो पर्साबाट पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रविका समर्थकले नाराबाजी गरिरहेका छन् ।