काठमाडौं । सरकारले गत साता चीनसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त सम्झौता आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ ।
सम्झौतामा ६ बुँदा छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ । सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ । पाँचौँ बुँदामा वार्ताका लागि पहिचान गरिएका परियोजना राखिएको छ भने छैटौँ बुँदामा सहकार्यका संयन्त्रलाई समेटिएको छ ।
सम्झौताका १२ पृष्ठमध्ये तीन पृष्ठमा बीआरआईअन्तर्गत अगाडि बढाइने १० वटा परियोजना राखिएको छ ।
अगाडि बढाउने परियोजनाको सूचीमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट रोड प्रोजेक्ट, किमाथांका–खाँदबारी रोड र किमाथांका पुल र एकीकृत चेकपोस्ट छन् ।
प्रतिक्रिया