लुम्बिनी लायन्सविरूद्ध काठमाडौं गुर्खाज १०३ रनमै अलआउट

लुम्बिनी लायन्सविरूद्ध काठमाडौं गुर्खाज १०३ रनमै अलआउट



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजलाई १०३ रनमै अलआउट गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भयो ।

काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरे ।

पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहदा आउट भए । उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरे ।

छैटौं ओभरमा साद बिन जफरले दुई विकेट लिएपछि काठमाडौं दबाबमा आयो । जफरले गेरार्ल्ड इरासमसलाई १ रनमा सन्दीप जोराबाट क्याच गराउदा चार बलपछि सुमित महर्जनलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे ।

१३औं ओभरमा डान डाउनवैटलाई विवेक यादवले कप्तान रोहितकुमार पौडेलबाट २१ रनमा क्याच गराए ।

अर्को ओभरमा रसिद खान १ रनमा रोहितबाट रनआउट भए । १६औं ओभरमा काठमाडौंका कप्तान करण केसीलाई १ रनमा सूर्य तामाङले जोराबाट क्याच गराउँदा खेलमा लुम्बिनी हाबी भएको थियो ।

१८औं ओभरमा भीम सार्की ३१ रनमा आउट भए । यो ओभरको अन्तिम बलमा शाहब आमल ५ बलमा ८ रन जोडेर आउट भए ।

अन्तिम ओभरको दोस्रो बलमा प्रतिक श्रेष्ठलाई २० रनमा सिमन्ड्सले बोल्ड गरे ।

बलिङमा लुम्बिनीका साद बिन जफरले ३, सिमन्ड्स र अभिसेष गौतमले २-२ विकेट लिन सफल भए । सूर्य तामाङ र विवेक यादवले १-१ विकेट लिन सफल भए ।

जारी प्रतियोगितामा लुम्बिनीले पाँच खेलमा एक जित तथा काठमाडौंले चार खेलमा एक जित हात पारेका छन् ।