काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपिएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् ।
काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्ने नसकेको बताएका हुन् ।
सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ । उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे । साथै रोहितले काठमाडौंले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताए । तर आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ। रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भएपनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे ।
काठमाडौंका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन् । उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए । विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया