काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दाेस्राे जीत हात पारेकाे छ । पाेखराले विराटनगरलाई १३ रनले हरायाे ।
‘सुपर ओभर’ मा पाेखराले दिएकाे १९ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरले ५ रनमात्र बनाउन सक्याे । यसअघि विराटनगरले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे पाेखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेकाे हाे । एनपीएलमा याे पहिलाे ‘सुपर ओभर’ हाे । पाेखराका आन्द्रेस गाैसले ३९, रेमाेन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २/२ विकेट लिए ।
याे जीतसँगै पाेखरा ५ खेलमा ४ अंकसहित तालिकाकाे छैटाैं स्थानमा छ । विराटनगर ५ खेलमा २ अंकसहित पुछारमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे जनकपुर बाेल्ट्स र काठमाण्डाै गुर्खाज खेल्दैछन् । जनकपुर तालिकाकाे दाेस्राे र काठमाडौं पाँचाैं स्थानमा छन् ।
प्रतिक्रिया