जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य

जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १ सय २ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाडौंका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।

जनकपुर ५ खेलमा ८ अंकसहित तालिकाकाे दाेस्राे स्थानमा छ । काठमाडौं ४ खेलमा ४ अंकसहित पाँचाैं स्थानमा छ ।

यस्तै एनपीएलमा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दोस्रो जीत हात पारेको छ । पोखराले विराटनगरलाई १३ रनले हरायो ।