काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई पुनः पक्राउ गरेको हो ।
आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो । आफूलाई पुन: पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसँग बोल्न खोजेका थिए । तर, प्रहरीले सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो ।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरू परिचालन गरी धम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।
प्रसाईं पक्राउ परेपछि उनका समर्थकले अदालत परिसरमा सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
प्रतिक्रिया