देश बनाउने र सुशासन ल्याएरै छाड्ने हो : प्रधानमन्त्री

देश बनाउने र सुशासन ल्याएरै छाड्ने हो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २ र ७ को प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए हो ।

“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन । देश अघि बढ्छ ।”, प्रधानमन्त्री ओलीले भने, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ ।”

उनले नेपालको परिचय राख्ने खेलाडीलाई धन्यवाद दिए । उनले भने, “हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”