पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।

काठमाडौँको पहिलो मेयर ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

२०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।

सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।