एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज

एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज



काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर्‍याएको छ ।

जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

व्यवसायी गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।