नेतान्याहु र ट्रम्पबीच सिरियाको विषयमा कुराकानी

नेतान्याहु र ट्रम्पबीच सिरियाको विषयमा कुराकानी



काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिरियाको विषयमा कुरा गरेको बताएका छन् ।

नेतान्याहुले आइतवार राति सिरियामा इजरायलको कारबाहीलाई सम्बोधन गर्दै हिब्रू भाषामा श्रब्यदृश्य (भिडियो )जारी गरेका छन् । उनले यस विषयमा निर्वाचित राष्ट्रपति ट्रम्पसँग “हिजो राति” छलफल गरेको बताए । उनले ट्रम्पसँगको कुराकानी लाई “धेरै मैत्रीपूर्ण र धेरै महत्त्वपूर्ण वार्तालाप” भनेका छन् ।

उनीहरू बीच “इजरायलको विजय पूरा गर्ने आवश्यकता” र गाजामा बन्धकहरूलाई मुक्त गर्ने बारे कुरा गरेको एबिसीन्यूजले जनाएको छ ।

नेतान्याहुले अगाडी भने उनले इजरायल रक्षा बलहरूलाई “सिरियाबाट सम्भावित खतराहरूलाई विफल पार्न र आतंकवादी तत्वहरूलाई हाम्रो सीमा नजिकै कब्जा गर्नबाट रोक्न” निर्देशन दिएका छन् ।

उनले सिरियामा आइडिएफको हवाई आक्रमणले “असद शासनले दशकौंदेखि निर्माण गरेको क्षमताहरू” र सिरियाबाट हेजबुल्लाहसम्म हतियार आपूर्ति मार्गहरू नष्ट गरेको पनि बताए ।

नेतान्याहुले इजरायललाई “सिरियाको सामना गर्न कुनै चासो छैन” भने । तर इजरायलले हेजबुल्लाहलाई आवश्यक भएसम्म, हरेक क्षेत्रमा र कुनै पनि समयमा पुन: सशस्त्र हुनबाट रोक्नको लागि कार्य जारी राख्ने बताए ।