कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य


ग्लोब नेपाल
297
Shares

काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेरमा चितवन राइनोजसामू १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पार्यो । 

कर्णालीका लागि जयकिसन कोल्सावालाले ५३, विल बसिस्टोले ५२, चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहेल तन्वीरले दुई तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान एक विकेट लिए ।