क्रियाशील सदस्यताबारे बुझ्न कांग्रेसका तीन नेतालाई जिम्मेवारी

क्रियाशील सदस्यताबारे बुझ्न कांग्रेसका तीन नेतालाई जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताबारे बुझ्न तीन नेतालाई जिम्मेवारी दिइएको छ ।

सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि तीन केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको हो ।

जसमा बागमती र गण्डकीका लागि सीता गुरुङ, मधेश र लुम्बिनीका लागि प्रकाश स्नेही रसाइली र कोशी कर्णाली र सुदूरपश्चिमका लागि योगेन्द्र चौधरीलाई खटाइएको छ ।

जिम्मेवारी पाएका नेताले सदस्यता वितरणको समस्या पहिल्याउने छन् । नयाँ र नवीकरणको फर्म उपल्लो तहले तल नपाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने गरी बैठकमा छलफल भएको छ । जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरु तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको भेटिएको अवस्था केन्द्रले हस्तक्षेप गर्ने बताइएकाे छ ।